काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले अन्तिम रुप नलिएसम्म कुसैसँग पनि सहकार्य नगर्ने निर्णय गरेको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे विस्तृत समीक्षा भएको थियो ।
बैठकमा सभापति देउवाले नेकपाको दुवै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।
जनताले पनि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको भन्दै बैठकमा सहभागी नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका थिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्