मोहनबिक्रम भन्छन : ओलीजी नैतिकता भए राजीनामा दिनुस

मोहनबिक्रम भन्छन : ओलीजी नैतिकता भए राजीनामा दिनुस

बुटवल-नेकपा मसालका महासचिव मोहन विक्रम सिंहले प्रधानमन्त्री केपि शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्ने बताएका छन । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका हुन । ‘अलिकती पनि नैतिकता बँचेको भए ओलीजीले राजीनामा दिनु पर्छ, तर उहाँमा नैतिकता नै देखिएन’ उनले गरे ।
सर्वोच्चको निर्णयले मुलुकलाइ अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको उनले बताए । संसद पुनःस्थापनाले संविधानलाइ थप बलीयो र विश्वसनीय बनाएपनि राजनीतिक अस्थिरता भने बढ्न सक्ने आशंका सिंहले गरे । प्रम ओलीले नै देशमा अस्थिरता निम्त्याएको भन्दै उनले बाह्य शक्तिको चलखेल झन बढ्ने बताए । ‘भारत,अमेरिका पक्ष झन बलियो देखिएको र चीन पक्ष केही कमजोर भएको विश्लेषण गरे
संसद पुनस्थार्पनासँगै मुलुकमा नयाँ चुनौतिहरु थपिएको भन्दै उनले राजनीतिक निकासकालागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु मिलेर जानुपर्नेमा जोड दिए । नेता सिंहले नेकपा ओली र काँग्रेस बिच समिकरण हुन सक्ने बताए । प्रम ओली र काँग्रेस सभापती शेरबहादुर देउवा दुवै एससीसीको पक्षमा रहेकाले यी दुइको गठबन्धन बन्न सक्ने सिंहको भनाइ छ । तर एमसीसी पारित भए नेपाल अमेरिकाको सैन्य अखडा हुने भएकाले पारीत हुन नदिने तर्फ सबै सचेत बन्नु पर्नैमा जोड दिए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij