बुटवल बहुमुखी क्याम्पसमा नेबिसंघद्वारा खानेपानी टंकी शिलान्यास

बुटवल बहुमुखी क्याम्पसमा नेबिसंघद्वारा खानेपानी टंकी शिलान्यास

बुटवल-नेपाल बिद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा खानेपानीको टंकी शिलान्यास गरेको छ । यस अगाडि २०५२ सालमा नेबिसंघले निर्माण गरेको खानेपानी टंकी क्याम्पस प्रशासनले भवन निर्माणका क्रममा भत्काईदिएपछि पुन निर्माणको लागि नयाँ स्थानमा शिलान्यास गरेको हो ।
उक्त टंकीको नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा र सचिव रामकृष्ण खाँणले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । २० हजार लिटर क्षमताको उक्त टंकी १० लाख रुपैंयाको लागतमा ३ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको नेबिसंघ बुटवल बहुमुखी क्याम्पस इकाईका सभापति दिनेश पौडेलले जानकारी दिनुभयो ।
त्यस अवसरमा बोल्दै काँग्रेस रुपन्देहीका उपसभापति शर्माले पश्चिम क्षेत्रकै ठूलो त्रिभूवन विश्वबिद्यालयको आंगिक क्याम्पसमा क्याम्पस प्रशासनले गर्नुपर्ने काम नेबिसंघले गरेको भन्दै रचनात्मक कामको लागि सह्राना व्यक्त गर्नुभयो । त्यस्तै सचिव खाँणले नेबिसंघले समयसमयमा रचनात्मक काम गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
नेपाल बिद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले बुटवल बहुमुखि क्याम्पसमा विगत देखि नै नेबिसंघले रचनात्मक काम गर्दै आएपनि क्याम्पस प्रशासनले नजर अन्दाज गर्दै आएको आरोप लगाउनु भएको थियो ।
टंकी शिलान्यास कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपसभापति मदन कट्टेल, प्राध्यापक तथा नेबिसंघका पूर्व क्याम्पस सभापति प्रेम पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका सभापति लक्ष्मण कार्की, उपप्राध्यापक थानेश्वर अर्याल, नेबिसंघकी पूर्व केन्द्रीय सदस्य जमुना ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij