स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

 

बुटवल – नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा समिति वडा नम्बर ४ रुपन्देहीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम हिजो बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य महेशमान सिंहले बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित सम्पूर्ण कार्यसमिति लाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै अहिले वाणिज्य संघमा युवावर्गले नेतृव्व आएको हुदाँ विगतका वर्षहरुमा भन्दा अझै बढी सशक्त रुपमा लाग्न आग्रह गर्नु भयो । ै कार्यक्रमका विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूले वाणिज्य संघमा विगत लामो समय देखि विभिन्न पदमा रहेर काम गरेको बताउदै संघले बुटवलको स्वास्थ्य क्षेत्र, शैक्षिक लगायत सुरक्षाको क्षेत्रमा पनि सामाजिक उत्तरदायिव्व बहन गरेको बताउनु भयो । कार्यक्रममा उहाँले जब सम्म उद्योग फस्टाउदैन् तब सम्म देशमा समवृद्धि हुन नसक्ने बताउदै यस विषयमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । त्यस्तै सर्भिसलेनको विषयले व्यापारी धरासय भएको हुदाँ उहाँहरुका व्यवसाय सुचारु नहूदासम्म बुटवल उपमहानगरपालिकासंग बुटवल उद्योग वाणिज्य संघले समन्वन गर्ने बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा समिति वडा नम्बर ४ का सभापति अरुण कुमार श्रेष्ठले बुटवल उद्योग वाणिज्य संघमा युवाहरु जमात निर्वाचित भएकोमा गर्व लागेको बताउनु भयो । कार्यक्रम अरुण कुमार श्रेष्ठको अध्यक्षता, नेपाली कांग्रेसका जिल्ला सदस्य महेशमान सिंहको प्रमुख आतिथ्यता, बुटवल उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष उज्जवल कसजूको विशिष्ट आतिथ्यता, नरध्वज गुरुङ्गको स्वागत, सल्लाकार अर्जुन रानाभाट, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सर्वजित के. सी , नगर सदस्य कृष्ण देव भण्डारी , सहमद मियाँको शुभकामना मन्तव्य र सचिव गंगा पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij