कांग्रेसले बोलायो संसदीय दलको बैठक, के हुन् एजेण्डा ?

कांग्रेसले बोलायो संसदीय दलको बैठक, के हुन् एजेण्डा ?

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेसले २१ फागुनको दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् ।

आगामी २३ फागुनबाट शुरु हुने संसद् अधिवेशनसँगै अन्य समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको नेतृ भुसालले बताइन् । ‘खासगरी समसामयिक विषयमा नै छलफल गर्ने गरी बैठक डाकिएको हो,’ भुसालले भनिन्, ‘त्यसमा सभापतिले ब्रिफिङ्ग पनि गर्नुहुन्छ ।’

संसद् पुनःस्थापनापछि नयाँ सरकार निर्माणको गृहकार्य भइरहेकाले कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यता विपक्षी नेकपाले कांग्रेससँग सत्ता सहकार्यको प्रस्ताव गरिसकेको छ भने कांग्रेस नेताहरुले कांग्रेसले नेतृत्व पाउने अवस्थामाबाहेक सरकारमा सहभागी नहुने बताइरहेका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij