काठमाडौं : नेपालमा भारतीय २०० र २,००० दरका नोट नचल्ने भएका छन्। भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका नोटमा प्रतिबन्ध लगाएपछि २,००० दरका नोट प्रचलनमा ल्याएको थियो।
मन्त्रिपरिषदको मंसिर २४ गतेको बैठकले नेपालमा भारतीय रुपैयाँ २००, ५०० र २,००० दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
भारतले नेपालमा रहेका १,००० र ५०० दरका नोट साट्न नदिएपछि नेपाल सरकारले भारतका थप दुई २०० र २,००० दरका नोटमा पनि प्रतिबन्ध लगाएको हो। मन्त्री बाँस्कोटाले उनले भारतले कारोबारमा ल्याउँदा गरेको सहमति अनुसार साट्न नमानेकाले भविष्यमा क्षति नहोस् भनेर नेपाल सरकारले कदम चालेको जानकारी दिए।
मन्त्री बाँस्कोटले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई नेपाल बोलाइएको र विवादमा आएजस्तो कुरा सही भए कारबाही गरिने जानकारी दिए।
त्यसैगरी, मन्त्रिपरिषदले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विषयलाई व्यवस्थापन गर्नका लागि अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद बैठकले अध्यादेशमा आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको मन्त्री बाँस्कोटाले जानकारी दिए। यसअघि पनि सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो।
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्