सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै नतिजा आउने दाबी

सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै नतिजा आउने दाबी

काठमाडौं – सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहानै पहिलो चरणको वार्ता सकिएको थियो । तत्पश्चात् दोस्रो चरणको वार्ता पनि बुधबारै साँझ सम्पन्न भएको हो ।

सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दिएको जानकारीअनुसार दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको हो । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

वार्तामा सरकारका तर्फबाट पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

वार्ताका क्रममा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, नियन्त्रित आफ्नो नेता कार्यकर्ताहरु रिहा हुनुपर्नेलगायतका माग अघि सारेको बताइएको छ ।

विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि समूहले सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । सरकारले यसअघि नै तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सीके राउतलाई मूलधारको राजनीतिमा समावेश गराएको थियो ।

मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग चाँडै वार्ता हुने जनाउ दिएका थिए । तत् विषयमा सरकारले आजै वार्ता शुरु गरेको हो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij