नेकपा विवादबारे यथाशीघ्र निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

नेकपा विवादबारे यथाशीघ्र निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

काठमाडौं – निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरूले नेकपा विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन आग्रह गरेका छन् ।

बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पाँच पूर्वप्रमुख आयुक्तहरूले राजनीतिक दलको विवाद  निरुपणमा ढिलाइ गरेको भनी आयोगको निर्णय क्षमता र स्वायत्तताको विषयले आफूहरूलाई गम्भीर बनाएको बताउँदै यथाशीघ्र उपयुक्त निर्णय दिन आग्रह गरेका हुन् ।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौं।’

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ‚ भोजराज पोखरेल, नीलकण्ठ उप्रेती‚ डा. अयोधिप्रसाद यादव र पूर्व प्रमुख निर्वाचन आयुक्त (का वा) दोलखबहादुर गुरुङ हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक विवादको निरुपण आयोगले यथाशीघ्र गर्नुपर्ने जनाएका हुन् ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन सदर गरेपछि  नेकपाको आन्तरिक विवाद चर्किएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिसकेको छ भने निर्वाचन आयोगले अनौपचारिक रुपमा विभाजित नेकपालाई अझै अनिर्णयको बन्दी बनाएको भन्दै प्रश्नहरू उठ्न थालेका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij