प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

s]Gb|Lo sfo{;ldltsf] a}7s sf7df8f}F, & k'; . g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s s]lG›o sfof{no ;fg]kfdf a:b} . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबारदेखि प्रतिनिधिसभा सुरु हुने भएपछि पार्टीको धारणा बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै कांग्रेसले वर्तमान राजनीतिक विषयमा निर्णय लिनेछ । प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले भने, ‘आजको बैठकबाट सांसदको राय-सुझाव लिएर निर्णय लिइनेछ ।’

प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने उनको भनाई छ । कांग्रेसभित्र अब बस्ने प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक-फरक मत रहँदै आएको छ ।

यसअघि बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij