काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ ।
प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई आज बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् । शुक्रबार साँझ भैसेपाटीस्थित गौतम निवास पुगेर प्रधानमन्त्री ओलीले आज बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् ।
शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्