ओली समूहको संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दाबी

ओली समूहको संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दाबी

काठमाडौं – सत्तापक्षीय नेकपाको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा ११५ जना सांसदहरु उपस्थित भएको दाबी गरिएको छ ।

प्रतिनिधि सभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य गरी ११५ जना सांसदहरुको उपस्थिति रहेको यो पक्षको दाबी छ । राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार यो परिमाणमा सांसदहरु उपस्थित भएका हुन् ।

बैठकमा बामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित भएका थिएनन् । ओली समूहले बैठकमा सहभागी हुन विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै उनीहरु निकटका सांसदहरुलाई पनि निम्तो दिएको थियो ।

यसअघि गत शुक्रबार दाहाल–नेपाल समूहको पनि संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ सांसदहरुको उपस्थिति रहेको थियो । यो समूहले त्यसबेला आफ्नो चार सांसदहरु बाहिर रहेको बताएको थियो ।

आइतबारबाट ओलीले गत ५ पुसमा विघटन गरी ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापना गरेको प्रतिनिधि सभाको अधिवेशन शुरु हुँदैछ । जसका लागि अहिले सांसदहरु तानातानमा छन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij