प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ ।

अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय आजको स्थायी कमिटी बैठकबाट हुने प्रवक्ता श्रेष्ठले बताए । प्रचण्ड-नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij