काठमाडौँ – सर्वोच्च अदालतको फैसलाबाट पार्टी ब्यूँतिएपछि नेकपा (एमाले)ले पहिलो पटक पार्टीको आधिकारिक बैठक बोलाएको छ । बैठक आगामी आइतबार बस्ने गरी बोलाइएको हो ।
बैठकबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने तयारी भएको सचिव प्रदीप ज्ञवालीले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन ।
यसअघि एमालेको माधव नेपाल, झलनाथ खनाल पक्षले पार्टीको आधिकारिक बैठक बोलाउन माग गरेको थियो । एमाले ब्यूँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्