काठमाडौं – करिब ४ महिनापछि एमालेका दुई समूहबीच भएको बैठक सकिएको छ । सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफलमा दुवै पक्षले आ–आफ्नो अडान दोहोर्याएका छन् ।
नेपाल समूहले ओलीले गत फागुन २८ गते गरेको निर्णय नमान्ने अडान राखेको छ । ‘हामीले मान्दैनौँ भनेका छौँ,’ समूहका नेता रघुजी पन्तले भनेका छन् ।
यस्तै बैठकमा आन्तरिक एकताको विषयमा छलफल भएको थियो । ‘छलफलमा फागुन २८ को ओली पक्षले गरेको निर्णय खारेज विषयमा पनि छलफल भयो,’ पन्तले भनेका छन् ‘हामीले आजको सम्वादलाई सकारात्मक लिएका छौँ । पार्टी अध्यक्षले अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्छ ।’ बैठकमा ओली–नेपालसँगै उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्तलगायतका नेताहरु पनि सहभागी थिए ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए । गत फागुन २८ गते बालुवाटारमा ओलीले विशेष बैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत् राखिएको संस्थापन पक्षले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्