प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते

प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते

file

काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते बस्ने भएको छ । मंगलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । यादव २०७० सालको संविधानसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट बाँके–२ बाट निर्वाचित भएका थिए । यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij