तिलोत्तमामा सात हजार जनाले लगाए कोरोना विरुद्धको खोप

तिलोत्तमामा सात हजार जनाले लगाए कोरोना विरुद्धको खोप

 

तिलोत्तमा।

तिलोत्तमा नगरपालिकाका सात हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । १७ वडामैं खोप केन्द्र कायम गरी तिलोत्तमामा चैत १ गतेदेखि ३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाइएको थियो । अभियानअन्तर्गत् ७ हजार २४ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए ।

तिलोत्तमाको खोप अभियानमा ७०४ भाइल भ्याक्सिन खपत भएको स्वास्थ्य शाखाले जनाएको छ । आ—आफ्नो वडामैं खोप लगाउने व्यवस्था मिलाइएकोमा नगरबासीले सहज महशुस गरेका थिए । नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए।

अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको सन्दर्भमा तीन वटा एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको थियो । खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग पुर्याएका थिए । हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको थियो ।

मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जाने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij