मनाङमा ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु

मनाङमा ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु

काठमाडौं : मनाङमा शनिबार ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

नासो गाउँपालिकामाको खोत्रोपाखा भन्ने स्थानमा दिउँसो करिव पौने ४ बजेतिर भएको दुर्घटनामा तीनजनाको घट्नास्थलमै र दुईको अस्पतालमा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक शुवास खड्काका अनुसार लम्जुङको सदरमुकाम बेँसिशहरबाट ट्रक सिमेन्ट दबोकेर मनाङ जाँदै थियो।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए।

खड्काका अनुसार ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लम्जुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन्। चालक तमाङको लम्जुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij