बुद्धनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको ओभरहेड टयाङ्की शिलान्यास

बुद्धनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको ओभरहेड टयाङ्की शिलान्यास

सैनामैना ।

बुद्धनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्माणधिन ओभरहेड खानेपानी टयाङ्की आज शिलान्यास गरिएको छ ।

सैनामैना नगरपालिका वडा नं ५ स्थित उक्त निर्माणधीन ओभरहेड टयाङ्कीको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भुमिश्वर ढकालले शिलान्यास गरे ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ढकालले उपभोक्ताको घर घरमा शुद्ध खानेपानीको पहुँच पुर्याउनका लागि प्रदेश सरकारले खानेपानीको आयोजनालाई प्रथामिकतामा राखेको बताए । उनले यस बुद्धनगर खानेपानी संस्थाद्धारा निर्माण हुन लागेको यस ओभरहेड टयाङ्कीका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको बताए ।

करिब २५ हजार लिटरको पुरानो ओभरहेड टयाङ्कीबाट दैनिक रुपमा उपभोक्तालाई पानी पुर्याउन कठिनाई भएका कारण नयाँ टयाङ्की निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए। उनका अनुसार पहिले भन्दा पानीको उपभोग गर्ने उपभोक्ताहरुको सङ्ख्या बृद्धि हुँदै गएकोले नयाँ टयाङ्की निर्माण गर्न थालिएको हो । वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटाले यस क्षेत्रको विकासका लागि वडाबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेश सरकार डिभिजन कार्यालय योगीकुटीको योजना अन्तर्गत ४ लाख ५० हजार लिटरको टयाङ्की निर्माण हुन लागेको संस्थाले जनाएको छ । करिब १ कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त योजनाको लागत २ करोड ४० लाख बराबरको रहेको छ । बुद्धनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा हाल ६ सय घरधुरी रहेका छन् । १८ महिना भित्र सम्पन्न गनुपर्ने उक्त आयोजना पिडारी जेबी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षता, प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटा, वडा सदस्य मिरा बि।क, सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, बालापुर खानेपानी संस्थाका उपाध्यक्ष पदमपाण्ी चापागाई, समाजसेवी जीवन ज्ञवाली र डिभिजन कार्यालय योगिकुटीका प्राविधिक विष्णु पोखरेल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष धनप्रसाद पौडेलको स्वागत तथा कोषाध्यक्ष भोजराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

 

 

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij