काठमाडौं -सानेपा स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ । ४ बजेबाट सुरु भएको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।
मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्