खतराको कालो बादल मडारिरहेकै छ : प्रचण्ड

खतराको कालो बादल मडारिरहेकै छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझैसम्म ढुक्क रहने स्थिति आइनसकेको बताएका छन् । काठमाडौंमा आयोजित व्यवसायीहरुको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझैसम्म ढुक्क रहने स्थिति आइनसकेको बताएका हुन् । ‘खतराको कालो बादल अझै मडारिरहेकै छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाली जनता चनाखो हुनुपर्ने बेला आएको छ । नेपालीहरु निरीह भएर अब बस्नुहुन्न ।’

नेपालीहरुको सार्वभौम अधिकार खोसिने पीडाबोध आफूलाई हुने गरेको अध्यक्ष प्रचण्डको पुष्ट्याइँ थियो । ‘मलाई फेरि नेपालीहरुको सार्वभौम अधिकार खोसिने त होइन ? भन्ने कराले पीडाबोध गर्छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘के फेरि हामी निरीह भएको त होइन ? कसैले हामीलाई धम्की दिन त थालेको होइन ? भन्ने कुराले मलाई नेतृत्व हुनुको नाताले पीडाबोध हुन्छ ।’

संसद भङ्गको प्रसङ्ग जोड्दै अध्यक्ष प्रचण्डले संविधानलाई च्यातेर फाल्ने दुस्साहसको रुपमा अर्थ्याएका छन् । ‘जसरी संसद भङ्ग भयो, त्यो खाली मध्यावधिको कुरा मात्रै थिएन । जनताको सार्वभौम अधिकारमाथिको अपहरण थियो ।’ नेपालीले आफ्नो निर्णय आफैँले गर्न सक्ने उदाहरण पुनः एकचोटी दिने बेला आएको बताएका अध्यक्ष प्रचण्डले भने–‘नेपालीहरुले आत्मनिर्णय गर्न सक्छन् भन्ने कुरा अब फेरि एकचोटी देखाउने बेला आएको छ ।’

प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij