काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत २० गते बस्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने उनले बताए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि गर्ने गरी मिति तोकिएपनि कार्यतालिकाअनुसार काम हुन सकेको छैन ।
यसअघि चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने समयसीमा तोकिएपनि अझै सबै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छैन ।
१४ औं महाधिवेशनसम्ममा १० लाख जनालाई क्रियाशील सदस्यता दिने नीति अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने बताएपनि चार लाख हाराहारीको मात्र तथ्यांक केन्द्रीय कार्यालयमा आइपुगेको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्