काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १२ सय ९९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्