सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो

सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो

दाङ ।

दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति यस्तो घटना भएको हो ।
घटनास्थल पुग्न तीन÷चार घण्टा पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनु भयो । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij