२४ घण्टामा १६७ जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे

२४ घण्टामा १६७ जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij