मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं – विपक्षी एमालेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई दिएको जानकारीअनुसार एमालेले मंगलबार अविश्वास प्रस्ताव फिर्ता लिएको हो ।

प्रस्ताव राखिरहन औचित्य नरहेपछि आफूहरुले फिर्ता लिएको शाक्यले बताइन् । ‘हामी आफू कमजोर देखिएर फिर्ता गरेका होइनौँ,’ शाक्यले भनिन्, ‘हामीले पहिले पूर्वमाओवादीसँग मिलेर दर्ता गराएका थियौँ । तर, पछि अदालतले छुटाइदियो । त्यसपछि त्यसलाई त्यसरी नै राखिरहन पनि औचित्य देखेनौँ । अनि फिर्ता लिएका हौँ ।’

गत पुस १० गते नेकपा माओवादी केन्द्र र विपक्षी एमाले (खनाल–नेपाल) समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

यसैबीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij