आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

काठमाडौं – नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन् । फेसबुक र इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गर्दै प्रियंकाले आफू गर्भवती भएको बताएकी हुन् ।

आफ्ना श्रीमान आयुश्मान देशराज जोशीसँगै उभिएको तस्वीर राख्दै उनले लेखेकी छन्‚ ‘अब तपाईं सोध्न बन्द गर्नुस् । हो‚ म गर्भवती भएकी छु ।’

केही दिनअघि मात्र परिवारसँग होली खेलेको उनको तस्विरलाई लिएर उनी गर्भवती भएको अनुमान गरिएको थियो । तर, अहिले भने प्रियंका स्वयंले सामाजिक संजालमार्फत् आफू गर्भवती भएको पुष्टि गरेकी हुन् ।

आमा बन्ने खवरसँगै उनका शुभचिन्तकहरूले उनलाई बधाई दिइरहेका छन्को । गत २०७६ फागुन १६ गते प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिएका थिए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij