काठमाडौं – आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन ( नयाँ बानेश्वर) मा दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन् ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
-फाइल तस्बिर

प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्