बुटवल-बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ बर्षे महिला, कपिलबस्तुको बाडगंगा नगरपालिका ३ का ७१ बर्षे पुरुष र अर्घाखाँचीको मालारानी गाँउपालिका ५ की ७९ बर्षीय महिला छन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ बर्षीय महिलाको उपचारकै क्रममा आज बिहान करिब ७.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए । चैत २१ गते कोरोना देखिएकी ती महिलालाइ २३ गते स्वास्थ्य अवस्था बिग्रीएपछि बुटवलको कोरोना अस्पताल लगीएको थियो । उनलाइ ज्वरो र निमुनीयाको समस्या देखिएको डा गौतमले बताए ।
कपिलबस्तुको बाडगंगा नगरपालिका ३ का ७१ बर्षे संक्रमितको पनि उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । चैत २७ गते संक्रमण पुष्टि भएपछि उनलाइ सोही दिन अस्पताल भर्ना गरीएको थियो । ती संक्रमितमा दम,मधुमेह र ज्वरोको समस्या रहेको डा गौतमले जानकारी दिए ।
अर्घाखाँचीको मालारानी गाँउपालिका ५ की ७९ बर्षीय महिलाको पनि उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ । उनलाइ चैत २७ गते कोरोना पोजेटिभ रिर्पोट आएपछि सोही दिन बुटवलको कोरोना अस्पताल ल्याइएको थियो । ज्वरो,दम र निमुनियाको समस्या देखिएको र उपचारकै क्रममा बिहान ९.५० मा उनको मृत्यु भएको डा गौतमले बताए ।
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्