केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय

केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं – नेपालमा कोभिड-१९ को संक्रमण जेठको अन्तिम साता देखि असारको पहिलो साताभित्र दैनिक ११ हजार कोभिड संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

असार पहिलो साताभित्र दैनिक ११ हजार जना संक्रमित भइसक्ने र सक्रिय संक्रमितको संख्या पनि करिब ६ लाखको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । ‘अहिलेको संक्रमणदरका आधारमा हेर्दा यदि यत्तिकै बढ्दै जाने हो भने अझ बढ्न पनि सक्छ‚’ उनले भने ।

संक्रमण नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गरेको भन्दै मन्त्री त्रिपाठीले उपत्यकालगायतका बढी भीडभाड हुने शहरमा एक महिनासम्मका लागि विद्यालय बन्द गर्नका लागि सिफारिस गरिएको समेत बताए ।

सरकारले पुनः लकडाउन नचाहेको भन्दै सबैलाई भीडभाडयुक्त स्थानमा नजान र सरकारले तोकेका मापदण्डलाई पालन गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij