बुटवल- नेकपा एमालेका उपमहासचिव एंव पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीको कुर्चीमा बसिरहने तृष्णाका कारण मूलूकको बर्तमान जटिलता सृजना भएको बताएका छन । बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वामगठबन्धन भत्काउने अवस्था आउनुमा केपि ओली नै जिम्मेवार भएको उनको भनाई छ । प्रेस चौतारी नेपाल रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले भने । उनले प्रधानमन्त्री ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण मूलूक यो अवस्थामा आइपुगेको आरोप लगाए ।
‘प्रधानमन्त्रीको कुर्चीमा बस्ने अंहकार छोडने हो भने वाम गठबन्धनकै सरकारको सम्भावना छ’ उनले भने – । अहिले आफूहरु (खनाल– नेपाल पक्ष) न विभाजन न सर्मपणको नितिमा रहेको बताए ।’
उनले ओलीका कारण उत्पन्न राजनितिक समस्या समाधानका लागि आफूहरु अन्तरसंघर्षमा होमिएको बताए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक भनेर विभिन्न निर्णय गरेकै दिनबाट पार्टी विभाजनको रेखा कोरिएको भुसालको तर्क छ । ‘२८ गतेको ताण्डप नाँचले यो परिस्थिति ल्याएको हो’ नेता भुसालले भने ‘उहाँ (ओली) जीले लोकतन्त्रको सिमा भत्काउदै हुनुहुन्छ, समृद्ध सपनाको लक्ष्मण रेखा भत्काउँदै हुनुहुन्छ, हामी त्यसलाई बचाउन खोज्दैछौं ।’
प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीले विभाजजन गरेको नेकपालाई अदालतले अनुमोदन मात्रै गरिदिएको समेत भुसालले बताए । ‘ओली जीले राजनितीक हिसाबले नेकपा विभाजित गराइसक्नुभएको थियो, त्यसलाई अदालतले अनुमोदन गरिदिएको हो’ उनले भने ।
उनले दक्षिण एसियामै संगठनका हिसाबले चुस्त रहेको एमालेलाई विभाजन गराउने काम ओलीले गरेको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओली विगारेको राजनितिलाई सुधार गर्न चाहेको बताए ।
उनले पहिले नेकपा र अहिले एमाले कमजोर बन्नुमा ओली नै जिम्मेवार बनेको आरोप लगाए ।‘आफ्नै पार्टिका नेताहरूलाई लखेटेर, वाम गठबन्धनलाई लत्याएर, संसदमा वामहरूको बहुमत हुदा हुदै, असहमतसंग गठबन्धन गर्दै हुनुहुन्छ’ नेता भुसाले भने । उनले विपरित धुव्रका जसपाका नेता महन्थ ठाकुरसँग मिलेर सरकार टिकाउन खोजेको आरोप लगाए ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका नेता भुसालले आफू शुरुदेखि नै पार्टी एकताकै पक्षमा रहेको बताए । अहिले पनि प्रधानमन्त्री ओलीले २०७५ जेठ २ गतेको संरचनालाई बिगारेकाले आफूहरुले त्यसलाई ब्यूताउने काम गरेको उनको भनाई छ । समानान्तर समिति भनेको प्रति असहमती राख्दै नेता भुसालले भने –‘ओली जी को बरु समानान्तर कमिटि हो, हामी त जेठ २ को पार्टी कमिटि ब्यूताउन लागेका छौं।’ उनले नेता भुसालले अहिले पनि पार्टी जोगाउनका लागि देशैभर जेठ २ का कमिटि ब्यूताउन आफूहरु लागि परेको बताए ।
७० जिल्ला गठन भइसक्यो बताउँदै अबको केहि हप्तामै ७७ वटै जिल्लामा कमिटि विस्तार हुने नेता भुसालले बताए । आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउँदै यदि फुट भएमा त्यसको भागिदार ओली नै हुने उनको जिकिर छ । उनले चुनावअघि नै पार्टी एकता हुने विश्वास दिलाए । ‘हामी त पहिला एमालेको एकता गर्ने, त्यसपछि वाम एकता र तेस्रोमा कम्यूनिष्ट पार्टीहरुविचको एकता मजबुद पार्ने पक्षमा छौं’ नेता भुसालले भने ।
पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियारको अध्यक्षता तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्