परिस्थिति हेरेर पालिकाकाे समन्वयमा विद्यालय खोल्ने/नखोल्ने निर्णय गर्नू : शिक्षा मन्त्रालय

परिस्थिति हेरेर पालिकाकाे समन्वयमा विद्यालय खोल्ने/नखोल्ने निर्णय गर्नू : शिक्षा मन्त्रालय

काठमाडौं – कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेपछि शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले परिस्थिति हेरेर स्थानीय तहको समन्वयमा विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्न आग्रह गरेकाे छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना नगर्नसमेत निर्देशन दिएको छ ।

‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नु हुन र बन्द गरिएका विद्यालयहरू पुन:सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु हुन अनुरोध गरिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतकाे आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय र त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनुपर्नेसमेत उल्लेख गरिएको छ ।

No description available.

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij