JanataToday.com

Advertisment

SKIP THIS

भोलिदेखि भैरहवा टी–१० क्रिकेट हुने

भोलिदेखि भैरहवा टी–१० क्रिकेट हुने

 

 

भैरहवा-बुधबारबाट रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा टी–१० फर्मेटमा नेपालमै पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो ।

आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी भारतसहित रुपन्देही र नवलपरासीका क्रिकेट टिमको प्रतियोगितामा सहभागिता रहेको जनाएको छ । अन्तरदेशिय क्रिकेटले दुई देशको सम्बन्ध थप प्रगाढ हुनुका साथै क्रिकेटको पनि विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक रोशालाल गुप्ताले बताए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पछिल्लो समय छोटो समयका खेलहरुप्रति आकर्षण बढेकाले पहिलोपल्ट टी–१० प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा भारतको गोरखपुर र महाराजगंजका दुई टिम तथा नवलपरासीको एउटा टीमसहित १६ टिम सहभागी छन् ।

प्रतियोगितामा विजेता टिमलले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij