काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । बैठकमा विपक्षी एमाले (माधवकुमार नेपाल) समूहले बुझाएको स्पष्टीकरणबारे विशेष रुपमा छलफल हुने एक नेताले मकालु खबरलाई जानकारी दिए ।
यसअघि कमिटीको बैठक गत बैशाख ६ गते बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटीलाई नै आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जनालाई स्पष्टीकरण सोधेका थिए । जसमा सबै सांसदले स्पष्टीकरण बुझाइसकेका छन् । आजको बैठक ती स्पष्टीकरणबारे नै छलफल हुने र आवश्यक कारबाही अगाडि बढाइने ती नेताको भनाइ छ ।
यसबाहेक आजको बैठकमा नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकारमा देखिएको समस्यालगायतबारे छलफल हनेछ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्