बझाङ। थलरा गाउँपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत नुवाघरका प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् । केही समयअघि भारतबाट आउँदा पेस्तोल ल्याएको भन्ने हल्ला पाएपछि प्रहरीले आइतबार मिजारको घरमा छापा मारेको थियो । छापा मार्दा उनको घरमा पेस्तोल भेटिएको प्रहरी नायव उपरीक्षकब प्रविण धितालले बताए ।
घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो ।
पेस्तोलसहित पक्राउ परेका मिजारबारे थप अनुसन्धान भइरहेको प्रहरीले डीएसपी धितालले बताए ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्