कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् कार्यसूची

कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं – प्रमुख पतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बस्नेगरी आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएको कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरलाई जानकारी दिइन् । ‘उहाँले खबर गर्नुभएको छ,’ नेतृ भुसालले भनिन्, ‘दिउँसो बैठक बस्दैछौँ । कार्यसूची त हाम्रो नयाँ होइन, पहिलेकै हो । त्यसमा केही थप एक दुई विषयहरु होलान् । समग्रमा समसामयिक राजनीतिक विषयवस्तुहरु नै हुन् ।’

आजको बैठकमा १४औं महाधिवेशन तयारी, राष्ट्रिय सभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन, केन्द्र र प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा छलफल हुने एक नेताले मकालु खबरलाई जानकारी दिए । ती नेताले भने– ‘खास रुपमा अहिले सतहमा देखिएको विषयमा नै छलफल हुन्छ । राष्ट्रिय सभाको चुनाव, केन्द्र तथा प्रदेशमा कसरी सत्ता समीकरण गर्नेलगायतका विषयमा आज छलफल हुन्छ ।’

कांग्रेसले खासगरी राष्ट्रिय सभाको रिक्त पद आफ्नो पार्टीबाट पूर्ति होस् भन्ने मनसुबाका साथ अन्य दलसँग उठ्बस् बढाएको छ ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थान अहिले रिक्त छ । जहाँ, आउँदो जेठ ६ गते निर्वाचन हुने भनी निर्वाचन आयोगले मिति तय गरेको छ । बादल एमालेबाट सोही पदका लागि बादल नै उम्मेदवार बन्ने मोटामोटी सहमति एमालेभित्र जुटेको छ । १० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा बादललाई नै उम्मेदवार बनाउने भनी पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रण गरेका थिए । यसपछि बादलसँगको प्रतिस्पर्धाका लागि कांग्रेसले अन्य दलसँग छलफल गरिरहेको हो । यस सन्दर्भमा विपक्षी एमालेको भूमिका निर्णायक हुन पुग्नेछ । यसअघि नै प्रदेशमा सत्तापक्षीय एमालेले जारी गरेको ह्वीप नमानेको विपक्षी एमालेले केन्द्रमा पनि विगत दोहोर्याउने छाटकाँटमा देखिन्छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij