काठमाडौं – सोमवार (आज) मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसबारे निर्णय लिने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘हो, मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो,’ मन्त्री ज्ञवालीले भने– ‘यसमा खासगरी सीसीएमसीले गरेको सिफारिसलगायतका अन्य विषयमा छलफल हुन्छन् ।’
आइतवार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता देशभर बन्दाबन्दी (लकडाउन्) गर्न सिफारिस गरेको थियो । सीसीएमसीले बन्दाबन्दी नभए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्नसक्ने गरी सिफारिस गरिएको थियो । आजको बैठकले खास रुपमा यही विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्