काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १ सय ६० गरी ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ लाख ६ हजार २ सय २५ जना पुगेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३ सय १५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्