काठमाडौं : नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ ।’
विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए । एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म ।’
‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ?’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन ?’
नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो । सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्