काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरबाट पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनजनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६१२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्