रुपन्देहीमा एकैदिन १३ जना संक्रमितको मृत्यु

रुपन्देहीमा एकैदिन १३ जना संक्रमितको मृत्यु

 

बुटवल-रुपन्देहीमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित थपिने क्रम ह्वात्तै बढेको छ । बुधबार मात्रै कोरोना संक्रमणबाट जिल्लामा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रपन्देहीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ३ जना छन । सिद्धार्थनगर नगरपालिकाका ३ जना र तिलोत्तमा नगरपालिकाका २ जनाको बुधबार मृत्यु भएको हो । त्यस्तै मर्चवारीका १ जना,सुद्धोधनका १ जना, कञ्चन गाँउपालिकाका १ जना, सैनामैनाका १ जना र देवदहका १ जनाको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जिल्लामा २३३ पुगेको छ । मंगलबार मात्रै जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५८७ जना कोरोना संक्रमित थपिएका छन । सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २५५ जना संक्रमित थपिएका छन । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ । तिलोत्तमा नगरपालिकामा १३६ जना,सिद्धार्थनगर नगरपालिकामा ६७ जना,सैनामैना नगरपालिकामा ४३ जना,देवदह नगरपालिकामा ३६ जना नयाँ संक्रमित थपिएका छन । सियारीमा ५,गैडहवा र मायादेविमा ३÷३ जना संक्रमित थपिएका हुन ।

रुपन्देहीमा पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या पनि हवात्तै बढेको छ । अस्पतालका बेड भरीएपछि संक्रमितहरुलाइ भुइ, पेटीमै सामान्य अक्सिजन लगाएर उपचार भइरहेको छ । कतिपय बिरामीहरुले बेड नपाएर सडक पेटीमा भौतारिरहेका भटिन्छन । चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकाँस आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन । तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन ।

 

प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij