अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न काँग्रेस रुपन्देहीको माग

अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न काँग्रेस रुपन्देहीको माग

अक्सिजन सकिएर आजै बुटवलको कोभिड अस्पतालमा ५ जना संक्रमितको मृत्यु

बुटवल-नेपाली काँग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्तिको व्यवस्थापन गर्न सरकारसंग माग गरेको छ । अक्सिजन अभावमा अस्पताल पुगेका कोभिड १९ का बिरामीले मृत्युवरण गर्नु परीरहेको भन्दै काँग्रेस रुपन्देहीले तत्काल अक्सिजनको भरपर्दो व्यवस्थापन गर्न सरकारसंग माग गरेको हो ।
नेपाली काँग्रस रुपन्देहीका सभापती अब्दुल रज्जाकले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै अक्सिजनको अभावमा कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाइरहेको र अस्पतालहरुले भर्ना भएका बिरामीलाइ डिस्चार्ज दिइरहेकाले तत्काल प्रभावकारी कदम चाल्न गरेका छन।
भैरहवाका भिम अस्पताल, बुटवलको कोभिड अस्पताल सहित अन्य निजी अस्पतालहरुमा समेत अक्सिजन सकिएर बिरामीको मृत्यु भएको, भैरहवा मेडिकल कलेजले अक्सिजनकै अभावमा बिरामी भर्ना लिनै छोडेको र भर्ना भएका बिरामीलाइ समेत डिस्चार्ज गरिदिँदा स्थिती अझ भयावह तर्फ गइरहेको भन्दै राज्यका सबै शक्ति र श्रोत अक्सिजन व्यवस्थापनमा तथा कोडिभ १९ का बिरामीको उपचारमा लगााउन काँग्रेस रुपन्देहीले माग गरेको हो ।
अक्सिजन सकिएर आजै बुटवलको कोभिड अस्पतालमा ५ जना संक्रमितको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजले अक्सिजन नपाएपछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ आजै दिउसो देखि डिस्र्चाज दिने निर्णय नै गरेपछि बिरामी र तीनका आफन्तको अवस्था बेहाल छ । अन्य सरकारी र निजी अस्पतालहरुले पनि बिरामीका आफन्तलाइ आफै अक्सिजनको व्यवस्थापन गर्न भनिरहेका छन ।
सभापती अब्दुल रज्जाकले अक्सिजन नै नपाएर यसरी दिनहुँ सर्बसाधारणले ज्यान गुमाइ रहँदा समेत तीन तहका सरकार अक्सिजन व्यववस्थापनमा प्रभावकारी ढंगले नलागेको भन्दै गम्भिर बन्न आग्रह गरेका हुन ।

प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij