काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दुमा पुगेको छ ।
कूल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु ४२ करोड तीन लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ ।
व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव सात एक, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव तीन सात, वित्त शून्य दशमलव पाँच दुई, निर्जीवन बीमा २२० दशमलव पाँच एक, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव दुई एक तथा जीवन बीमा १९५ दशमलव नौ बिन्दुले बढेको छ ।
स्टककाअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् ।
यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्