थप ८ हजार ५२० मा संक्रमण पुष्टि, ६ हजार १ सय बढी डिस्चार्ज हुदा २०३ जनाको मृत्यु

थप ८ हजार ५२० मा संक्रमण पुष्टि, ६ हजार १ सय बढी डिस्चार्ज हुदा २०३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरीबाट थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij