घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभावः स्वास्थ्य सचिव देवकोटा

घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभावः स्वास्थ्य सचिव देवकोटा

घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभावः स्वास्थ्य सचिव देवकोटा

बुटवल

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पुर्ती गर्न सकिने बताएका छन् ।

रोटरी क्लव अफ बुटवलको १३६४ औं नियमित बैठकमा शनिबार गेष्ट स्पीकरको रुपमा बोल्दै सचिव देवकोटाले दुई तिहाई सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको दुःखेसो पोखे ।

“घरमा आइसोलेसनमा रहेका बिरामीले ठूलो सिलिण्डर राखेर पनि हाइफ्लो अक्सिजन दिन सकिंदैन, तर अस्पताल भर्ना भएका बिरामीलाई हाईफ्लो अक्सिजन दिनुपर्ने हुन्छ, सिलिण्डरको अभावले गर्दा अस्पतालमा धेरै संक्रमितले ज्यान गुमाएका छन्”–उनले भने ।

सचिव देवकोटाले सर्वसाधारणलाई घरमा राखिएका सिलिण्डर अस्पताललाई दिएर सहयोग गर्न आग्रह गरे । अहिले अस्पतालमा अक्सिजनको अभावले बेड अभाव देखिएको भन्दै उनले सिलिण्डर नहुँदा अक्जििन भर्न नसकिएको र सोही कारण बिरामीले अक्सिजन आवश्यक मात्रामा पाउन नसकेको बताए ।

कोभिड संक्रमण नियन्त्रणका लागि भारतबाट अक्सिजन लिक्वीड ल्याउन सुरु गरिएको भन्दै उनले यसका साथै ठूला सिलिण्डर घरमा नराख्ने र अक्सिजन प्लान्ट जडानको प्रक्रिया अगाडि बढाउने हो भने कोभिड–१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न सकिने बताए ।

रोटरी जस्ता सामाजिक संस्थाले यसतर्फ जनचेतना जगाउनुपर्ने र सर्वसाधारणको भिडभाडलाई कम गर्नेतर्फ सामाजिक चेतनाको भूमिका खेल्नुपर्ने उनको सुझाव छ । अहिले परीक्षण गरिएकोमा ५० देखि ६० प्रतिशतमा संक्रमण देखिने गरेको र यसमा पनि लुम्बिनी प्रदेशले कुल संक्रमितको २० प्रतिशत ओगटेको भन्दै सचिव देवकोटाले यो प्रदेशमा निको हुने दर पनि ६५ प्रतिशत मात्र रहेको बताए । “सातवटा प्रदेश मध्ये २ प्रतिशत संक्रमित लुम्बिनी प्रदेशमा छन्, प्रदेश सरकारले आफ्नो ध्यान परीक्षण गर्ने र संक्रमित गर्नेलाई आइसोलेट गर्नेतर्फ केन्द्रित भएर काम गरिरहेको छ”–उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका २५ वटा आइसियू बेड र मेडिकल कलेज भैरहवाका झण्डै सय बेडमा अझै अक्सिजन पु¥याउन नसकिएको भन्दै उनले अक्सिजनको अभाव नभए ती बेड पनि सञ्चालनमा आउने बताए । उनले लुम्बिनी प्रदेशका चारवटा अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, भेरी अस्पताल र भीम अस्पताल गरी चारवटा कोरोना विशेष अस्पतालमा कोभिड नियन्त्रणका लागि थप ५८३ जना जनशक्तिको दरबन्दी स्वीकृत गरिएको पनि जानकारी दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ र आफूले कोभिड नियन्त्रणका लागि नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी पनि उनले दिए ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतमा आयोजित भर्चुअल बैठकमा रोटरीयनहरु मणिरत्न पाण्डे, पुरन श्रेष्ठ, राजेन्द्र ध्वजू, रोम शर्मा, खिमनारायण पराजुली, कृष्णप्रसाद अर्याल, डा. मनोहर जोशी, सावि बि.क, लेखनाथ भुसाल, लक्ष्मण श्रेष्ठ, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका बरुण ज्ञवाली लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij