नेपालको स्थिति चिन्ताजनक छ : डब्ल्यूएचओ

नेपालको स्थिति चिन्ताजनक छ : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणका कारण नेपालको अवस्था चिन्ताजनक बन्दै गएको बताएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायतका केही देशमा कोरोना सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।

‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमणको सामना गरिरहेका छन्,’ उनले भनेका छन् । यी देशहरुलाई आपत्कालीन सहयोगको तत्काल जरुरी रहेको पनि उनले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि शय्या र अक्सिजन उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलता निम्त्याउने उनको भनाइ छ । कोरोना संक्रमण बढिरहेका नेपालसहितका देशमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको र यी देशमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको महानिर्देशक डा. टेड्रोसको भनाइ छ ।

कोरोनाको दोश्रो लहर यसअघिको भन्दा खतरनाक र गम्भीर भएको भन्दै उनले भारतको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारतसँगै छिमेकी देशहरुको अवस्था पनि चिन्ताजनक रहेको बताएका हुन् ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij