काठमाडौं – नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरी थप ९७५ थान अक्सिजन सिलिन्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।
यससँगै अब चीनबाट कुल एक हजार ३७५ वटा सिलिन्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।
यस्तै, १७५ थान अक्सिजन कन्सन्ट्रेटरसमेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दै छ । ती दुई उडानबाट समेत थप सिलिन्डर नेपाल ल्याइने उनले जानकारी दिए ।
उनले अब सिलिन्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटरसमेत बोक्न सक्ने जानकारी गराएका छन् ।
नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिन्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्