बुटवल उवासंघद्वारा आम्दाको कोभिड केयर युनिटमा आईसीयुका उपकरण प्रदान

बुटवल उवासंघद्वारा आम्दाको कोभिड केयर युनिटमा आईसीयुका उपकरण प्रदान

बुटवल
बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

अस्पताल र संघ दुबै पक्षको सहमति अनुसार आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरि समझदारी पत्र आदानप्रदान समेत गरिएको छ । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजू र साक्षिको रुपमा महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र साक्षिको रुपमा प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन।

सोही अनुसार संघले मंगलबार नै ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड उपलब्ध गराईएको संघका अध्यक्ष कसजूले जानकारी गराए े । संघले करिव ४० लाख रुपैंया बराबरको सामान उपलब्ध गराउने जानकारी गराउँदै अध्यक्ष कसजूले बाँकी ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड तुरुन्तै उपलब्ध बताए । दुई संस्था बिचको सहमति अनुसार संघले १० थान प्यासेन्ट मोनिटर र १० थान आईसीय बेड उपलब्ध गराउने छ ।

त्यस्तैगरी अस्पतालका मेडिकल सुरपरिटेन्डेण्ड डा. बस्यालले बुटवल उद्योग बाणिज्य संघ, बुटवल उपमहानगरपालिका र आम्दा नेपालको सहकार्यमा स्थापना गरिएको आम्दा अस्पतालमा विगतका दिनमा समेत संघले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै आभार व्यक्त गरे। उनले संघ, नगरपालिका, आम्दा नेपाल र प्रदेश सरकारको समेत सहयोगमा सय शैयाको कोभिड केयर युनिट स्थापना गर्न लागिएको बताउँदै जति चाडो सामानको व्यबस्थापन हुन्छ त्यती चाडो कोभिड केयर युनिट सञ्चालन हुने जानकारी गराए । जसअनुसार २५ बेड आईसीय, २५ बेड एचडीयु (डेडिकेटेड) र ५० बेड जनरल हुनेछन् ।

दुई पक्षको समझदारी अनुसार अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट अन्तरगत १० शैयाको आईसीयु वार्ड सञ्चालनको लागि आवश्यक पर्ने आईसीयु बेड र प्यासेन्ट मोनिटर संघले उपलब्ध गराउने, अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट लगायत आईसीयु वार्डको भौतिक संरचना, आवश्यक विजुली अक्सिजन आपूर्ति पाईप लगायतका संरचना तथा आवश्यक अन्य उपकरणको व्यबस्था मिलाउने काम अस्पतालले गर्नेछ ।

त्यस्तैगरी उक्त आईसीयु वार्डलाई ‘बुटवल उद्योग बाणिज्य संघ आईसीयु वार्ड’ नामाकरण गर्ने तथा त्यस अनुसारको विवरण लेख्ने राख्ने व्यबस्था अस्पतालले मिलाउने, आईसीयु उपकरणहरुको मर्मत सम्भार, आवश्यक कर्मचारीको व्यबस्था तथा नियमित सञ्चालनको सुनिश्चितता गर्ने काम अस्पतालले गर्ने, कोभिड पश्चात पनि अन्य प्रकारका संक्रामक रोग तथा अन्य स्वास्थ्य उपचारको लागि उक्त सेवालाई निर्वाध रुपमा सञ्चालन गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

 

आम्दामा कोरानाको उपचार निःशुल्क

महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)ले कोरोनाका बिरामीलाई समेत उपचार सोव सुरु गरेको छ । गएको बैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालकालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी गराए ।

उनका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यस्तैगरी अस्तालले आज (मंगलबार)देखि पीसीआर परीक्षण समेत सुरु गरिएको उनले जानकारी गराए।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij