‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण’

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ।

मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो ।

प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ ।

नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले अपिलमा उल्लेख गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij