काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर तीन लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ६९५ जनाको पीसीआर र ३९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ३०५ जना संक्रमित पुष्टि भएका छन् । पीसीआरबाट आठ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टायता १९० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी‚ सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्