बुटवल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभीड उपचारलाई सहज र सरल बनाउन लागीपरेको बताएका छन।
आज भएको पत्रकार महासंघ रुपन्देहीको टोलीसंगको भेटमा उहाले पहुंचका भरमा अक्सिजन खोज्ने र उपचार पाउने परिपाटी रोक्न लुम्बिनी प्रदेशमा रहेका सबै कोभीड अस्पतालहरुको अनुगमन र निरीक्षणमा लागेको उनले बताए।
सबै अस्पतालमा अक्सिजन प्लान्ट बन्न लागेको बताउदै अब धेरै समय अक्सिजन अभाव व्यहोर्नु नपर्ने दावी गरे । अस्पतालमा एक्कासी विरामीकोृ संख्या बढ्दा चिकित्सक तथा नर्सहरु समेत अतालिएको बताउदै मन्त्री श्रेष्ठले उनीहरुको सही व्यवस्थापन गर्ने बताए । सरकारी कोरोना अस्पतालले मात्रै कोरोना संक्रमीतको उपचार थेग्न नसक्ने देखिएपछि पछिल्लो समय १२ वटै जिल्लामा सेवा विस्तार थालेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारी अस्पतालको भार कम गर्न नीजी अस्पतालहरुमा पनि आइसोलेसन अस्पताल बनाउन लागेको बताए।
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्